धमाधम डिजिटल बन्दै सहरहरू, सिभिल बैंकले डिजिटलाइज बनाउँदै
काठमाडौँ- पछिल्ला दिनमा विभिन्न बजार तथा व्यापारिक प्रतिष्ठान धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन् । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको सक्रियताका कारण डिजिटल अभियान साकार हुँदै गएको हो ।
पछिल्लो समयमा सिभिल बैंक लिमिटेडले विभिन्न शहर तथा व्यवसायलाई डिजिटल रूपमा विकास गर्दै गइरहेको छ । बैकले फोनपेसँगको सहकार्यमा ललितपुर जिल्लामा चल्ने सफा टेम्पोहरूलाई डिजिटलाइज गरेको छ । अब देखि ति टेम्पोहरमा यात्रा गर्दा सहजै फोनपे क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ । यो अभियान पनि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा भएको थियो ।
यो अभियान एक वर्ष अगाडिनै गभर्नर अधिकारीको नेतृत्वमा सुरू भएको थियो । यस्तै सिभिल बैंकको शक्रियतामै गत महिनामा सुदुरपश्चिम प्रदेशका धनगढी लगायतका विभिन्न चार स्थानमा चल्ने रिक्साहरूलाई डिजिटलाइज गरिएको थियो । ति स्थानहरूमा समेत अबदेखि नगद बोक्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । यसैगरी महेन्द्रनगर र नेपालगञ्ज क्षेत्रमा चल्ने अटोरिक्सालाई पनि डिजिटलाइज गरिएको छ ।
यस्तै सिभिल बैंकले प्रदेश नं २ को जनकपुरमा रहेका रिक्सा, चिया पसल र विभिन्न फलफुलहरुलाई डिजिटलाइज गरिसकेको छ । अबदेखि जनकपुर बजारमा समेत नगद बोक्ने झञ्झटबाट मुक्ति मिलेको छ । फोनपे, विभिन्न बैंक तथा वित्तीय संस्थाको शक्रियतामा नेपाल सरकार र राष्ट्रबैंकको डिजिटल नेपाल बनाउने अभियान साकार हुँदै गएको छ । जसको नेतृत्व भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले गरिरहेको छ ।
विभिन्न शहर तथा व्यवशायलाई डिडिटलाइज गर्ने अभियानको उद्घाटन गर्दै गभर्नर अधिकारीले फोनपे र सिभिल बैंकको शक्रियताको प्रशंसा गरे ।
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त फोनपे पेमेन्ट सर्भिस लिमिटेड एफवान सफ्ट ग्रुपको सहायक कम्पनी हो ।
फोनपेमा अहिले ६० भन्दा बढि बैंक तथा वित्तिय संस्था आबद्ध छन् । एक करोड ७० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ । हाल फोनपेमा करिब ११ मर्चेन्ट रहेका छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भिथ्रिटुवान प्रमाणीकरण प्राप्त संस्था पनि हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया