कर्पोरेट

भोड्का ब्राण्ड 'स्मरनोफ' अब नेपालमा उत्पादन हुने

इकागज |
पुस १२, २०७९ मंगलबार १२:४४ बजे

काठमाडौँ- विश्व प्रसिद्ध 'स्मिरनोफ' भोड्का अब नेपालमा उत्पादन हुने भएको छ।  स्मिरनोफलाई हालै नेपालको अग्रणी मदिरा उत्पादक कम्पनी नेपाल लिकर प्रा.लि.ले एक कार्यक्रममा सार्वजनिक गरेको हो । कम्पनीले स्मरनोफ नेपालको विराटनगरमा रहेको कारखानाबाट उत्पादन हुनेछ ।

कम्पनीका कार्यकारी अध्यक्ष राजेश वीरसिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल गरी दश पटक फिल्टर गर्ने भोड्का नेपालमा उत्पादन र बजारीकरण गर्नेछ । चर्चित सञ्चारकर्मी सुरजसिंह ठकुरी स्मरनोफ नेपालको ब्रान्ड एम्बेसडर हुन् ।


नेपाल लिकर प्रा. लिमिटेडले नेपाली बजारमा विभिन्न ब्रान्डका मदिराहरू प्रदान गर्दै आएको छ, जस्तै एन्टिक्विटी ब्लू व्हिस्की, सिग्नेचर प्रिमियर/रेयर व्हिस्की, मिस्टर डोवेल्स नम्बर १ लक्जरी ह्वीस्की, ब्लू-रिब्यान्ड जिन, आदि। यस पटक स्मरनफको उत्पादन र वितरण, संसारको नम्बर एक भोड्का, सुरु भएको छ।

विश्वका १३० भन्दा बढी देशमा बिक्री हुने स्मरनोफ भोड्का ७५०, ३७५ र १८० एमएल गरी तीनवटा भेरियन्टमा उपलब्ध छ। जसको मूल्य क्रमशः २२ सय, ११ सय र ५५० रुपैयाँ रहेको छ ।


Author

थप समाचार
x