कर्पोरेट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

इकागज |
पुस २१, २०७९ बिहीबार १६:२४ बजे

काठमाडौँ- 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरूले ओम समाज डेन्टल हस्पिटलको ओपिडी डक्टर कन्सोलेसन एण्ड चेकअप सेवा निःशुल्क, जेनेरल डेन्टल ट्रिटमेन्ट सेवामा १५% र अर्थो थेरापी एण्ड डेन्टल इम्पान्ट ट्रिटमेन्ट सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।


सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् । 

यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरूको पहुँच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैँकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतना कार्यक्रमहरू संचालन गर्दै आएको छ ।


Author

थप समाचार
x