कर्पोरेट

सामसङको ग्यालेक्सी ए०४ए बजारमा

इकागज |
पुस २१, २०७९ बिहीबार १६:४९ बजे

काठमाडौँ- सामसङले ए–सिरिजको ग्यालेक्सी ए०४इ  बजारमा ल्याएको छ । ३ जीबी र्‍याम र ३२ इन्टर्नल मेमोरी भएको फोनमा १ टीबी एक्सटर्नल स्टोरेज स्पेस क्षमताको माइक्रो एसडी  कार्ड जोड्न सकिने कम्पनीले जनाएको छ ।  फोनको मूल्य १३ हजार ४९९ तोकिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

मोबाइलमा मेन क्यामेरा १३ मेगापिक्सलका सागै फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ। यस्तै ६।५ इन्चको स्क्रिन, टाइप–सी चार्जिङ पोर्ट, ५००० एमएएच ब्याट्रीलगायतका विशेषता मोबाइलमा रहेको छ । 


ग्यालेक्सी ए०४इमा ३ वटा क्यामेरा समावेश छन्।  रेअरमा डुअल क्यामेरा जसमा मेन क्यामेरा १३ एम पी रहेको छ र यसको साथ–दिन २ एम पीको डेप्थ क्यामेरा छ। फ्रन्ट साइडमा ५ एमपी क्यामेरा रहेको छ।  ग्यालेक्सी ए०४इको ६.५ इन्च स्क्रिन ७२०*१६०० पिक्सल रेसोलुशन को साथ आउँछ।  यो ठूलो स्क्रिन साइजले प्रयोगकर्ताहरूलाई आफ्नो स्क्रिनको कन्टेन्टसँग पूर्ण रूपमा डुब्न दिन्छ। 


Author

थप समाचार
x