सीजी नेटले ल्यायो नेपालकै पहिलो र एक मात्र पोस्टपेड इन्टरनेट सेवा
काठमाडौँ- इन्टरनेट सेवा प्रदायक, सीजी नेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, कम्पनीले १०४९ रुपैयाँमा २५० एमबीपीएस इन्टरनेट र ११५४ रुपैयाँ प्रति महिनामा २५० एमबीपीएस र आइपीटीभी प्रदान गर्ने जनाएको छ ।
कम्पनीका अनुसार, यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्न सक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन् । ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सीजी नेट ले यो नयाँ पोस्टपेड योजना ल्याएको हो ।
'पहिले सेवा पछि पैसा'को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ । यो नियमित प्रिपेड प्लानहरू भन्दा सस्तो छ, जसले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्छ ।
साथै, फिर्ता गरिने गरि रु २ हजार ५०० को धरौटी बाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्च जस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, सीजी नेट ले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ ।
यस योजनाको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई उत्कृष्ट भुक्तानी अनुभव र सेवाहरू प्रदान गर्नुका साथै सहज र स्वतन्त्रताका साथ इन्टरनेट प्रदान गर्नु रहेको कम्पनीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया