आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता
काठमाडौँ - आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेली ग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्त गर्न सक्नेछन् ।
यो अफर आइएमई पेको फिजिकल भिसा कार्ड मार्फत पोस भुक्तानी गर्दा मात्र प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरूले यस अफर अवधिभरी काठमाडौं उपत्यकाको २४ वटा डेली ग्रोसरीको आउटलेटहरूमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया