इसेवा मार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै
काठमाडौँ- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाइल एप मार्फत टिकट काट्न थालेका हुन् ।
इसेवाले अन्तराष्ट्रिय गन्तव्यका लागि थप सुविधाहरू प्रदान गर्दै गइरहेको छ । इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दे आएकोमा अन्तर्राष्ट्रिय उडानहरूको समेत टिकट बिक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको हो ।
इसेवाको सेवा मार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत् कुनै पनि देशका गन्तव्यका हवाई टिकट सहजै काट्न सकिनेछ । इसेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवात देखि नै अहिलेसम्म ६० हजार भन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्यको सुविधा दिइसकेको छ । इसेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको छ ।
देशभर एक लाख ६५ हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया