कर्पोरेट

खेलहरूको प्रवर्द्धनमा खुकुरी रमको सहकार्य

इकागज |
पुस २५, २०७९ सोमबार १३:२३ बजे

काठमाडौँ - दि नेपाल डिस्टीलरिजको उत्कृष्ट उत्पादन ‘खुकुरी रम’ले खेल प्रवर्द्धनमा समेत ध्यान दिन थालेको छ । पछिल्लो समय खुकुरी रमले खेलहरूको प्रवर्द्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि विभिन्न लिग तथा इभेन्टहरूमा सहकार्यको अभ्यास सुरु गरेको हो । 

हालै खुकुरी रमले प्रदेश १ को एक मुख्य शहर धरानमा आयोजित गल्फ प्रतियोगितामा समेत सहकार्य गरेको थियो । गल्फ खेलको प्रवर्द्धन र खेलाडीहरूको मनोबल वृद्धिका लागि आफूहरूले धरान गल्फ क्लबसँग सहकार्य गरेको दि नेपाल डिस्टीलरिजकी इभेन्ट म्यानेजर सुदिक्षा अधिकारीले जानकारी दिइन्। 


यसअघि फुटबलको नेपाल सुपर लिग र क्रिकेटको एभरेष्ट प्रिमियर लिगमा समेत आफूहरूले सहकार्य गरेको अधिकारीले बताइन्। आफूहरूले गर्ने सहकार्यले नेपालको खेल क्षेत्रको प्रवर्द्धनमा थोरै भए पनि सहयोग पुग्ने र राष्ट्रको सम्पत्तिको रुपमा रहेका खेलाडीहरूको मनोबल समेत वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ । 

खुकुरी रमले आगामी दिनमा समेत खेलहरूको प्रवर्द्धनमा सहकार्यको यो श्रृंखलालाई जारी राख्ने उनको भनाइ छ । खुकुरी रमले हिमाल सरसफाइ, दुर्गमका अति विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोगजस्ता सामाजिक सेवामा समेत आफ्नो सक्रियता देखाउँदै आएको छ । 


Author

थप समाचार
x