कुमारी बैंकको जनबाहल, भेडासिंह शाखा सञ्चालनमा
काठमाडौँ- कुमारी बैँक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती जिल्लास्थित वडा नं.२५ मा रहेको जनबाहल, भेडासिंह शाखा पौष २५ गतेबाट सञ्चालनमा ल्याएकोे छ । उक्त समारोहको समुद्घाटन काठमाण्डौं महानगरपालिका २५ का अध्यक्ष राजेश डंगोलले गरे। बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरूमा थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्याउने योजना बनाएको छ ।
विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग इकाइहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया