कर्पोरेट

लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौता

इकागज |
पुस २६, २०७९ मंगलबार १२:१३ बजे

काठमाडौँ- सनराइज बैँक लिमिटेड तथा लक्ष्मी बैंक लिमिटेडको संचालक समितिहरूको बैठकको निर्णयानुसार सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेडबीच गाभ्ने गाभिने मर्जर कार्यका लागि  सोमबार प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।कार्यक्रममा दुवै बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख शेयरधनीहरु, प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता थियो। 


यससँगै मर्जर प्रक्रिया अगाडि बढाउनका लागि एक संयुक्त मर्जर समितिको गठनसमेत गरिएको छ। संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा. मनिष थापा र स्वति रुङ्गटा तथा सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दीपक नेपाल रहनेछन्। 

दुवै संस्थाका सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विशेषज्ञलाई तत्काल नियुक्त गरी सोको प्रतिवेदन प्राप्त भएपछि संयुक्त मर्जर समितिमा विस्तृत छलफल गरी समितिले सिफारिस गरेको प्रतिसेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृत भए बमोजिमको सेयर अनुपात कायम हुने र प्राविधिक रुपमा एकिकरणको प्रक्रिया छिटो छरितो गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्था सम्बन्धी प्रचलित ऐन तथा बैंङ्क तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ अन्तर्गत मर्जरको मार्ग अवलम्वन गर्न दुवै पक्ष सहमत भएको छ ।


Author

थप समाचार
x