बेकोका उत्पादनहरूमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिस ग्यारेन्टी
काठमाडौँ- चौधरी ग्रुपले गत वर्षदेखि नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको यूरोपको टप होम अप्लायन्सस ब्रान्ड बेको का उत्पादनहरूको खरिद गरी आफ्ना ग्राहकहरूलाई ढुक्क हुन आह्वान गरेको छ। चौधरी ग्रुपले चौधरी ग्रुपद्वारा वितरित बेकोका सम्पूर्ण उत्पादनहरूमा शत प्रतिशत पार्ट्स उपलब्धता र आफ्टर सेल्स सर्भिसको ग्यारेन्टी दिएको छ।
कम्पनीले नेपाल भरका आफ्ना ४०ं वटा सर्भिस सेन्टरहरूबाट यो सेवा निरन्तर रुपमा दिइरहेको छ। बेकोका उत्पादनहरूमा १२ वर्षसम्मको पार्ट्स वारेन्टी रहेको छ।
र हालै कम्पनीले यो जाडो मौसमलाई लक्षित गर्दै 'वेलकम विन्टर' नामक योजना पनि नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत ग्राहकहरूले बेको ब्राण्डका जाडो मौसममा प्रयोग हुने समानहरूको खरिदमा आकर्षक उपहारहरू प्राप्त गर्न सकिने छ । जसअनुसार वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को सर्फ एक्स्सेल म्याटिक वाशिङ पाउडर उपहार पाइन्छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाईन्छ। साथै एअर कन्डिसनर को खरिदमा ४ हजार बराबरको फ्री इन्स्ट्लेसन पाइन्छ।
उक्त योजना मङ्सिर १५, २०७९ देखि सिमित अवधिका लागि लागू गरिएको छ । बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपले सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।
सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरू काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया