कर्पोरेट

शिवम् सिमेन्ट्सको साधारणसभा : १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

इकागज |
पुस ३०, २०७९ शनिबार १६:३७ बजे

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले आ.व. २०७८/०७९ को सातौं वार्षिक साधारण सभा शुक्रवार हेटौंडास्थित होटल सामनामा सम्पन्न गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको उक्त वार्षिक साधारण सभामा आ.व. २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १०.५३ (दश दशमलव पाँच तीन) प्रतिशतका दरले (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्तावसहितका प्रस्तावहरु पारित गर्दै वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
उक्त सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि रोहित गुप्ता, गौरव गोयल, रघुनन्दन मारु, गौरव शारडा र शैलजा राई गरी जम्मा ५ जना सञ्चालकहरु निर्वाचित गरेकोमा सभास्थलमा बसेको नवनिर्वाचित सञ्चालकहरुको बैठकबाट गौरव गोयललाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको छ । साथै सोही सभाबाट सञ्चालक समितिले नियुक्तीका लागि निर्णय गरी अनुमोदनका लागि सिफारिस गरेबमोजिम नेपाल सरकारका पूर्वसचिव समेत रहेका चन्द्रकुमार घिमिरेलाई स्वतन्त्र व्यवसायिक विशेषज्ञ सञ्चालक पदमा नियुक्तिको अनुमोदन समेत गरी ६ सदस्यीय सञ्चालक समिति गठन गरेको हो ।   


उक्त सभाबाट आ.व. २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्दै आ. व. २०७९।०८० को आय व्ययको लेखापरीक्षण कार्य गर्नका लागि  सुबोध एशोसिएट्स एण्ड चार्टर्ड एकाउण्टेण्ट, काठमाडौंलाई लेखापरीक्षकमा नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने निर्णय पारित गर्नुका साथै कम्पनीमा आवद्ध रही उत्कृष्ट कार्य सम्पादन गर्ने केही कर्मचारीहरुलाई पुरस्कृत गर्ने कार्य समेत गरेको थियो ।
 


Author

थप समाचार
x