कुमारी बैँक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता
काठमाडौँ- कुमारी बैँक लिमिटेड र स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले स्थापना भएको स्पार्क र कुमारी बैंकबीच सम्झौता भएको हो । सम्झौता पत्रमा कुमारी बैँकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेल तथा स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अनुसार कुमारी बैँक लिमिटेडका ग्राहक महानुभावहरूले स्पार्क हेल्थ होम प्राइभेट लिमिटेडबाट सेवा लिए बापत कुनै पनि भुक्तानी कुमारी बैँकको डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा उपचार खर्च तथा औषधि सेवाहरूमा १० प्रतिशत सम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
आगामी दिनहरूमा पनि कुमारी बैँक लिमिटेडले आफ्ना ग्राहकहरूलाई गुणस्तरीय सेवाहरूमा सहुलियत दिन तथा डिजिटल कारोबारमा उत्प्रेरित गर्न आकर्षक योजनाहरू ल्याइरहने जनाएको छ ।
आफ्ना देशव्यापी २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग इकाई तथा ४२ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरू प्रदान गर्दै आएको कुमारी बैँकले आगामी दिनहरूमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया