मोटिभ सिक्स एस नेपाली बजारमा
काठमाडौँ- नेपाली बजारमा प्रवेश गरेको छोटो समयमै अपेक्षाकृत राम्रो बजार साख हाँसिल गर्न सफल ब्राण्ड रिभरसङ्ले नयाँ मोडलको स्मार्टवाच नेपाली बजारमा भित्र्याएको छ । चीनको बहुराष्ट्रिय मोबाइल एक्सेसोरिज् तथा वेरेबल उत्पादक रिभरसङ् विश्व बजारमै पछिल्लो समयमा तीब्रताका साथ अगाडि बढिरहेको ब्राण्ड हो ।
विश्वका साठी भन्दा बढी देशहरूमा बिक्री वितरण हुँदै आएको ब्राण्ड रिभरसङ् नेपाली बजारमा प्रवेश गरेको चार महिनामै एक दर्जन भन्दा बढी मोडलका स्मार्टवाच तथा इअरबड्सहरू नेपाली बजारमा भित्र्याइसकेको छ । मोबाइल एक्सेसोरिज् तथा वेरेवलको बजार विकास र विस्तारमा देशकै अग्रणी कम्पनीको रुपमा स्थापित भएको केमियो इन्टरनेशनल प्रा. लि. ले आफ्नो दोश्रो ब्राण्डको रुपमा रिभरसङ्लाई नेपाली बजारमा ल्याएको हो ।
रिभरसङ् नेपालको मुख्यालय बागदरबारमा आयोजित एक विशेष कार्यक्रममा रिभरसङको नयाँ स्माटवाच मोटिभ सिक्स एस सार्वजनिक गरिएको हो । आयातकर्ता केमियो इन्टरनेशनलका अध्यक्ष उपेन्द्र साहले मुख्यालयमा रिभरसङ् मोटिभ सिक्स एसको सार्वजनिक गर्दै यसका विशेषताहरू रहेको जानकारी दिए । मोटिभ सिक्स एसमा पचास भन्दा बढी फिटनेस ट्रयाकिङ अप्सन रहेका छन् भने यसको हर्ट रेट मनिटर निक्कै प्रिसाइज्ड् रहेको कम्पनीले जानकारी दिएको छ ।
ब्लुटुथ कलिङ् अप्सन रहेको यस स्मार्टवाचको अडियो क्वालिटी समेत निक्कै उच्च रहेको रिभरसङ्को मोटिभ सिक्स एसको अधिकतम बिक्री मूल्य छ हजार चार सय पच्चीस रूपैयाँ तोकिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया