हल्ट प्राइज एट आईओईको तेश्रो सत्र सम्पन्न
काठमाडौँ- हल्ट प्राइज एट आइ.ओ.ई को छलफलको तेस्रो सत्र समापन भएको छ। 'क्रियटिङ बिजनेश आइडिया एण्ड डिजाइन थिंकिङ' ठूलो सफलता र सिकाइसँग समाप्त भएको हो।
हल्ट प्राइज एट आइ.ओ.ई ले एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा सञ्चालन भएको थियो । सो कार्यक्रममा बोल्दै नेसराका सदस्य अंकित खनालले आफ्नो संस्थाले नेपालबाट प्रत्येक वर्ष अन्तरिक्ष यात्री पठाउने र नेपालको विकासको सन्दर्भमा यसको महत्त्वबारे प्रकाश पारेका थिए।
मस्तकलाका सह-संस्थापक निखिल अग्रवालले 'क्रिएटिंग बिजनेस आइडियाज' शीर्षकमा प्रस्तुति दिएका थिए। भाग्य, दृष्टि र प्रक्रिया जीवनमा सफल हुने बाटो हो। मस्तकलाको उदय कसरी भयो भन्ने आफ्नो यात्रा बताउँदै उनले आफ्ना साथी प्रतियोगीहरूलाई ग्राहकको आवश्यकता पहिचान गर्ने र यसको व्यावहारिक र सन्तोषजनक समाधान खोज्ने अभ्यासमा संलग्न गराए।
उनले भने 'व्यवसायले काम गर्न ग्राहकहरूसँग व्यक्तिगत स्तरमा कुराकानी गर्नुपर्छ।' सहभागीको जिज्ञासु प्रश्नहरूले कार्यक्रम अझ निकै मनोरञ्जनात्मक बनाएको थियो। अतिथीहरूले पनि ती प्रश्नहरूको उत्तर दिए। वेद एपका सह/संस्थापक र प्रबन्ध निर्देशक सुजित पाठकले वेद बनाउने यात्रा र प्रत्येक पतनले कसरी उनीहरूलाई थप बलियो बनायो र प्रत्येक गल्तीले उनीहरूलाई नवीन बनायो भन्ने कुरा राखेका थिए।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया