महिला व्यवसायीहरूलाई कोका–कोलाको सक्षम तालिम
काठमाडौँ- कोका–कोलाले आफ्नो सक्षम तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । खुद्रा व्यवसाय तथा साना रेस्टुरेन्टहरू सञ्चालन गर्ने महिला व्यवसायीहरूको सीप विकास गर्न तथा सशक्तीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममा एक हजार भन्दा बढी जना महिलाहरूलाई तालिम प्रदान गर्न सफल भएको थियो ।
गत ८ मार्च २०२२ गते अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर कोका–कोलाले आफ्नो बोट्लिङ पार्ट्नर बोट्लर्स नेपालसँग मिलेर सक्षम कार्यक्रमको सुरुवात गरेको थियो । खुद्रा व्यवसाय र साना रेस्टुरेन्टहरू सञ्चालन गर्ने महिलाहरूलाई वित्तीय साक्षरता, हस्पिटालिटी, स्यानिटेसन म्यानेजमेन्ट र डिजिटल वालेटको प्रयोग सम्बन्धी तालिम दिनको लागि उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । प्रदेश १, २, ३ र ४ का मुख्य सहरहरूमा एक–एक दिन गरी यो कार्यक्रम सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रमका एक सहभागी सौरहाकी गीता श्रेष्ठले भनिन्, 'महिला युवा व्यवसायीहरूको लागि सक्षम तालिम कार्यक्रम अत्यन्तै उत्साहजनक रहेको थियो । मैले आज भन्दा ४४ वर्ष अगाडि जम्मा १६० रूपैँयामा आफ्नो व्यापार सुरु गरेको थिएँ । मेरो कडा परिश्रमले मैले आफ्नो सपना पुरा गर्न सक्षम भएको छु । अहिले मेरो २ वटा घर र एउटा पसल छ र एकल महिलाको रुपमा आफ्नो परिवारलाई सहयोग गर्न सकेको छु ।'
त्यस्तै नारायणघाटकी माया पाण्डेले भने, 'सक्षम कार्यक्रमले हामीलाई आर्थिक रुपमा सशक्त हुन चाहिने सीपहरू सिकाउनुको साथ साथै हाम्रो सन्जाल विस्तार गर्ने अवसर पनि दिएको छ । सक्षम जस्तो सीप विकास गर्ने कार्यक्रमले हामीलाई अझै राम्रोसँग व्यवसाय सन्चालन गर्न हौसला दिएको छ ।'
कोका–कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने 'कोका–कोला बेटर शेयर्ड फुचरमा विश्वास गर्छ र महिला सशक्तीकरण जहिले पनि हाम्रो मुल मान्यताको रुपमा रहेको छ । हामीले सक्षम तालिम कार्यक्रम २०२२ मा शुरु गरेका थियौँ जसमा हामीले अनुभवी र दक्ष प्रशिक्षकहरूसँग मिलेर महिला व्यवसायीहरूलाई व्यावसायिक तालिम, मेन्टोरिङ्ग नेट्वर्क, आर्थिक सेवा तथा अन्य विभिन्न तालिमहरू दिएका थियौँ जसले गर्दा उहाँँहरूलाई आफ्नो जीवनस्तर उकास्न, परिवारलाई सहयोग गर्न र समुदायमा पनि सकरात्मक परिवर्तन ल्याउन सक्षम बनाएको छ । हामीले एक हजार महिला व्यवसायीहरूलाई तालिम दिने लक्ष्य लिएका थियौँ र सो लक्ष्य पुरा पनि भएको छ । हामी धेरै खुशी छौँ र भविष्यमा पनि अझै धेरै महिलाहरूलाई सशक्तीकरण गर्दै जानेछौँ ।'
त्यस्तै बोट्लर्स नेपालका पब्लिक अफेयर, कम्युनिकेसन र सस्टेनिबिलिटी डिरेक्टर स्नेह राजभण्डारीले भने, 'नेपालमा महिला उद्यमशीलता एक कदम अगाडि बढेको छ । काठमाडौं उपत्यका बाहिर विशेष गरी धेरै खुद्रा पसलहरू र रेस्टुरेन्टहरू छन जुन महिलाले चलाउँछन् । त्यस्ता महिलाहरूलाई आइपर्न सक्ने चुनौतीको सामना गर्न सक्षम बनाउने उद्धेश्यले कोका–कोलाले सक्षम जस्ता तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ जसले महिलाहरूलाई आफ्नो व्यापार अगाडि बढाउन हौसला दिन्छ । आफ्नो व्यवसायलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा पनि सक्षमले महिला व्यवसायीहरूलाई नयाँ तरिकाले सोच्न सिकाउँछ ।'
सन् २०१० मा कोका–कोलाले विश्वव्यापी रुपमा फाइभ बाइ ट्वेन्टि (५ बाई २० ) सञ्चालन गरेको थियो जसअन्तर्गत कम्पनीले सन् २०२० सम्म ५ मिलियन (५० लाख ) महिलाहरूलाई आर्थिक रुपमा सक्षम बनाउने लक्ष्य लिएको थियो । त्यस्तै नेपालमा पनि गत ६ वर्ष देखि स्टार(शप किपर ट्रेनिङ रिसोर्सेस) सञ्चालन गर्दै आइरहेको छ जसअन्तर्गत ५,८०० जना खुद्रा व्यवसाय सञ्चालन गर्ने महिलाहरूलाई तालिम दिइसकेको छ ।
नेपाल सरकारको पन्ध्रौँ राष्ट्रिय योजना (२०७६/७७–२०८०/८१) अनुरुप महिलाहरूको समान र अर्थपूर्ण सहभागिताको माध्यमबाट पूर्ण लैंगिक समानता हासिल गर्ने उद्धेश्यलाई पनि यो पहलले सघाउ पुर्याउने कम्पनीले विश्वास लिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया