बिग मार्टमा क्युआर मार्फत भुक्तानी गर्दा तरकारी तथा फलफुलमा १५ प्रतिशत छुट
काठमाडौँ - विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ स्मार्ट क्युआरले बिग मार्टसँग सहकार्य गरी हरेक बुधबार र शनिबार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ ।
यस छुट अन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिद गरी स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १५ प्रतिशत अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैँक तथा वित्तीय संस्थाका ग्राहकहरूले बिग मार्टको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।
यस अफर अन्तर्गत बिग मार्टको सम्पूर्ण शाखामा एन आई सी एसिया मोबाइल बैंक, ग्लोबल स्मार्ट प्लस, आइएमई पे, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया