कर्पोरेट

'आइएमई पे'को रिचार्जमा पाँच प्रतिशतसम्म क्यास ब्याक

इकागज |
माघ ४, २०७९ बुधबार १३:१५ बजे

काठमाडौँ –आइएमई पेले मोबाइल रिचार्जमा पाँच प्रतिशतसम्मको क्यासब्याक अफर पुनः सुचारु गरेको छ । यसभन्दा अघि ल्याइएको उक्त अफर ग्राहकवर्गको उच्च मागमा पौष ३० गतेबाट पुनः सुरु गरिएको हो ।

यस अफर मार्फत प्रयोगकर्ताहरूले आइएमई पे एप दर्ता गरेको मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा ५% क्यासब्याक र अन्य कुनै मोबाइल नम्बरमा मोबाइल ब्यालेन्स रिचार्ज गर्दा दुई प्रतिशत क्यासब्याक पाउने जानकारी सार्वजनिक गरिएको छ । 


हाल सम्म ४० लाखभन्दा बढी प्रयोगकर्ताहरूलाई विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आइरहेको 'आइएमई पे' ले सो अफर आफ्नो सम्पूर्ण ग्राहक वर्गलाई समर्पित गरेको छ । कम्पनीले यस अफरको नियम तथा शर्त स्वरुप हरेक प्रयोगकर्ताहरूले १ महिनाको समय अन्तरालमा आफ्नो मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम एक सय रुपैयाँ क्यासब्याक र अरु मोबाइल नम्बरमा ब्यालेन्स रिचार्ज गर्दा अधिकतम रू. १०० क्यासब्याक प्राप्त गर्न सकिने जानकारी पनि दिएको छ । 


Author

थप समाचार
x