कर्पोरेट

डिजिटल होम र स्याण्डमार्टिनबीच प्राविधिक सम्झौता

इकागज |
माघ ५, २०७९ बिहीबार १८:२५ बजे

काठमाडौं – डिजिटल होम ब्रान्ड ‘डि.एच.आइ’ले ताइवानको प्रसिद्ध प्राविधिक कम्पनी, ‘स्याण्डमार्टिन इन्टरनेशनल होल्डिङ लिमिटेड’लाई आफ्नो प्राविधिक साझेदार बनाएको छ ।

साझेदारीले ‘डि.एच.आइ’ का होम एप्लायन्स तथा होम इलेक्ट्रोनिक्सको उत्पादनहरूको गुणस्तर, डिजाइन र सेवामा वृद्धि गर्दै नयाँ विद्युतीय उपकरणहरू बजारमा ल्याउने ‘डि.एच.आइ’ ले जानकारी दिएको छ।


सेट अप बक्सहरूको निर्माण र वितरणमा सफलता हात पारिसकेको डि.एच.आइ को अबको लक्ष्य देशभरका ग्राहकहरुलाई आफ्ना होम एप्लायन्स र इलेक्ट्रोनिक उत्पादनहरू मार्फत उच्चस्तरीय सेवा र सुखद् अनुभव प्रदान गर्ने रहेको बताइएको छ ।

साथै दुई पक्षबीचको सहकार्यले स्थानीय बजारका साथै नेपाली इलेक्ट्रोनिक्स क्षेत्रको विकास र बजारको मागपूर्ति गर्न सहयोग पुग्ने कम्पनीको विश्वास रहेको बताइएको छ ।


Author

थप समाचार
x