कर्पोरेट

प्राइम बैंकका अध्यक्ष श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ

इकागज |
माघ ८, २०७९ आइतबार १६:१२ बजे

काठमाडौँ - प्राइम कमर्सियल बैंकका नवनियुक्त अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । पुस २९ गते बसेको बैँकको सञ्चालक समितिको ४५९ औं बैठकबाट सर्वसम्मतीले सञ्चालक समितिको अध्यक्षमा चयन भएका श्रेष्ठले माघ ५ गते सपथ लिएका हुन् । 

नेपाल राष्ट्र बैँकमा आयोजित उक्त समारोहमा नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना, डेपुटी गभर्नर  बमबहादुर मिश्र, कार्यकारी निर्देशक देवकुमार ढकाल, कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र प्राइम कमर्सियल बैंक लि.का सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृतसमेतको उपस्थिति थियो ।  



Author

थप समाचार
x