कर्पोरेट

सूर्य नेपालद्वारा सशस्त्र प्रहरी विपद्, व्यवस्थापनमा रहेको अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

इकागज |
माघ १०, २०७९ मंगलबार १२:४७ बजे

काठमाडौँ - सूर्य नेपाल प्रा.लि.ले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । हाल सो ट्रमा अस्पतालमा  एम्बुलेन्सको अभाव भएकोले तुरुन्तै घाइते बिरामीहरूलाई उद्धार गर्न कठिनाई भएकोले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको प्लेटफर्म सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको हो । प्राप्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरूको उद्धारका लागी प्रयोग हुनेछ

सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस एस.पी अन्जनी कुमार पोख्रेललाई कम्पनीको भाइस प्रेसिडेन्ट कर्पोरेट अफिसर रवि केसीले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए । 


कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख एस.एस.पी अन्जनी कुमार पोख्रेल, सूर्य नेपालका भाइस प्रेसिडेन्ट करपोरेत अफैर्स रवी के सि , प्रबन्ध निर्देशक रवी के रायवरम , भाइस प्रेसिडेन्ट फाइनेन्स विकास भुत्रा , भाइस प्रेसिडेन्ट मारकेटिङ दिप्रा लेहरी लगायतको सहभागिता रहेको थियो । 
 


Author

थप समाचार
x