रियलमी ‘फ्लागशिप स्मार्टफोन’मा २४० वाटको चार्जिङ प्रविधि
काठमाडौं– रियलमीको ‘फ्लागशिप स्मार्टफोन’मा २४० वाटको चार्जिङ सपोर्ट हुने भएको छ । उक्त प्रविधि अहिलेसम्मकै सबैभन्दा छिटो भएको दाबी गरिएको छ ।
रियलमीको उक्त फोन मोबाइल उद्योगमै सबैभन्दा बढी पावरको चार्जिङ टेक्नोलोजी प्रदान गर्ने स्मार्टफोन ब्रान्ड हुने भएको विश्वास लिइएको छ ।
रियलमीका वितरकहरूले ‘कटिङ एज चार्जिङ सोलुसन’ युक्त नयाँँ प्रविधिले फोनलाई सुरक्षित र छरितो तरिकाले चार्ज गर्ने र उपभोक्ताहरूलाई राम्रो अनुभव प्रदान गर्ने विश्वास गरेको बताउँछन् ।
९८.७% को अत्यधिक उच्च पावर कन्भर्सन रेट भएको यस २४० वाटको इनोभेटिभ चार्जिङ आर्किटेक्चरले ‘लो भोल्टेज’मा नै सुरक्षित तरिकाले चार्ज गर्न सकिने जानकारी प्राप्त भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया