जगदम्बाकाे सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको माग अन्तर्राष्ट्रिय बजारमा
काठमाडौं– नेपालको पहिलो स्वचालित स्टिल उत्पादन कम्पनी जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ। अन्य देशबाटसमेत माग आउन थालेपछि स्टिल्सले अन्तर्राष्ट्रिय निर्यातको घोषणासमेत गरेको छ ।
जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंगबाट बनाइने गरिन्छ । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउने भएकाले अन्तराष्ट्रिय माग बढेको कम्पनीले जनाएको छ ।
रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धीहरूसहित जगदम्बा स्टील्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ ।
आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्ताहरुलाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ ।
‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन्। यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहकवर्गले दिएको अटुट माया र समर्थन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया