कर्पोरेट

'आइएमई पे'मार्फत् चन्द्रागिरि केबलकारको टिकट काट्दा ५० प्रतिशतसम्म छुट

इकागज |
फागुन १, २०७९ सोमबार १३:३४ बजे

काठमाडौँ - आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले आइएमई पे एप मार्फत् चन्द्रागिरि केबलकारको टिकट काट्दा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरूमा छुट पाउने भएका छन् । अफरमार्फत् प्रयोगकर्ताहरूले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्नेछन् । हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउने आइएमई ग्रुपले जनाएको छ ।

आइएमई पे र चन्द्रागिरि हिल्सबीच 'फिल द एयर' नामक अफरमा सम्झौता भएको छ । 


साथै, यी दुई कम्पनीबीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ ।

माघ २८, २०७९ (फेब्रुअरी ११) देखि फाल्गुन १, २०७९ (फेब्रुअरी १३) सम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरूले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनेछन् । अफरको विजेताको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सन्जालमा प्राप्त गर्न सकिने आइएमई पेले जनाएको छ ।


Author

थप समाचार
x