कर्पोरेट

क्युएफएक्समा सिनेमा हेर्दा ५० रुपैयाँकोे फ्ल्याट क्यासब्याक

इकागज |
फागुन ४, २०७९ बिहीबार १३:४४ बजे

काठमाडौँ । आइएमई पे र क्युएफएक्स सिनेमाजवीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफर अन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाजको वेबसाईट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा रु. ५० को फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सकिनेछ ।

यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुनेछ । अफरका लागि शर्त अनुसार प्रयोगकर्ताहरुले एक दिनमा एक पल्ट मात्र यो अफर अन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन्  । प्रयोगकर्ताहरुले पुनः अर्को बुधबार मात्र सो अफरको फाईदा उठाउन सक्ने आइएमइ पे ले जनाएको छ । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागू गरिएको छ ।


मंगलबार राजधानी काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आइएमई पे का प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे । त्यस्तै, क्युएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ति गिरीले आइएमई पेसँग आवद्ध भई यो अफर मार्फत मुभी प्रेमीहरुलाई सहज हुने र अझ बढि ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरिन् । 
 


Author

थप समाचार
x