कर्पोरेट

आइतबार र सोमबार युनिग्लोब कलेजमा ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’

इकागज |
फागुन ६, २०७९ शनिबार १८:३४ बजे

काठमाडाै‌ । नेपाल पोलिमर इन्स्टिच्युट (एनपीआई) र युनिग्लोब स्कुल÷कलेजसको संयुक्त आयोजनामा यही फेब्रुअरी १९ र २० तारिख अर्थात आइतबार र सोमबार ‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ हुने भएको छ ।

कमलादीस्थित युनिग्लोब कलेजमा हुने सातौं योङ साइन्टिस्ट समिट २०२३ को कार्यतालिका सार्वजनिक भइसकेको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि कार्यक्रमको उद्घाटन समारोह सुरु हुनेछ ।


विशेष अतिथिहरुमा इन्जिनियर गणेश शाह, इन्दुविक्रम जोशी, खिलकुमार प्रधान, राष्ट्रिय युवा परिषदका सुरेन्द्र बस्नेत, नास्टका डा.महेश अधिकारी, प्राध्यापक बिनिल अर्याल लगायत सहभागी हुनेछन् । 

युवाहरुलाई नयाँ खोज तथा आविष्कारका क्षेत्रमा जोडिन उत्प्रेरित गर्ने उद्देश्यले एनपीआईले हरेक वर्ष युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै आएको थियो ।

यस वर्षदेखि एनपीआई र युनिग्लोब कलेजको संयुक्त आयोजनामा सम्मेलन आयोजना गर्ने सहमति अनुसार आइतबार र सोमबार युनिग्लोब कलेजमा समिट आयोजना हुन लागेको हो ।

‘सातौं योङ साइन्टिस्ट समिट २०२३’ मा उत्कृष्ट भएका प्रतियोगीले यसै वर्षको सेप्टेम्बर २७ देखि अक्टोबर १ सम्म मेक्सिकोको सोनोरामा आयोजना हुने एसिया–प्यासिफिक कन्फ्रेन्स अफ योङ साइन्टिस्ट–२०२३ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

सम्मेलनमा विभिन्न ५ वटा विधामा वैज्ञानिकहरुले आफ्नो प्रस्तुति दिन पाउनेछन् । इन्जिनियररिङ एन्ड रोबोटिक, लाइफ साइन्सेस, केमिकल एन्ड इन्भाइरोमेन्टल साइन्स, फिजिकल साइन्स एन्ड म्याथम्याटिक्स र कम्प्युटर साइन्समा प्रतियोगीले पोस्टर, भिडियो क्लिप र मौखिक प्रस्तुतिमार्फत आफ्नो क्षमता प्रस्तुत गर्नुपर्नेछ ।

सम्मेलनमा कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन पाउने आयोजकले जनाएको छ । सोमबार साँझ साढे ४ बजे कार्यक्रमको समापन समारोह हुनेछ ।


Author

थप समाचार
x