नेपाल पे क्यूआरमा दुई लाख बढी मर्चेन्ट आबद्ध
काठमाण्डौं– बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत नेपाल पे क्यू आरमा २ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्टहरु क्यू आरमा आबद्ध गरिनुले नेपालमा क्यूआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्यू आरसञ्चालनमा ल्याइएको हो । हाल २३ बैंक वित्तीय संस्था तथा दुई भुक्तानी सेवा प्रदायकमार्फत व्यावसायिक ग्राहकहरुले नेपाल पे क्यूआरमा आबद्ध हुन सक्दछन् भने १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरुमार्फत स्क्यान तथा पे को सुविधा उपलब्ध रहेको छ ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, नेपाल एसबिआइ बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, ज्योति विकास बैंक, कामना सेवा बिकास बैंक, साइन रेसुङ्गा डेभलप्मेन्ट बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, पोखरा फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत पे. नेप. प्रा.लि. तथा फोकसवान सोलुसन्स्लमार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक पनि थपिने क्रममा रहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया