एनएमबि बैंकद्धारा डस्टविन बितरण
काठमाडौं– एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाकोे धुलाबारीमा १०० वटा डस्टविन वितरण गरेको छ ।
उक्त सहयोग सो समुदायको विद्यालयको सरसफाई तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक बिद्यालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो ।
सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक भरत शर्मा खरेलको उपस्थिति थियो ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया