सगरमाथा जलविद्युत् कम्पनीको आईपीओ आउँदै
काठमाडौ । सगरमाथा जलविद्युत कम्पनीले आईपीओ बिक्री खुला गर्न लागेको छ । उक्त आईपीओ चैत ८ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशत अर्थात् ४३ करोड ६८ लाख रुपैयाँ बराबरको ४३ लाख ६८ हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको छ । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् ४ लाख ३६ हजार ८०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
यस्तै, कम्पनीले सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात २ लाख १८ हजार ४०० कित्ता सेयर र ३ प्रतिशत अर्थात कम्पनीका कर्मचारीहरुका लागि १ लाख ३१ हजार ४० कित्ता सेयर सुरक्षित गरिएको छ । बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
यस आइएपिओमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत २२ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गरेको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई ‘इक्रा एनपी आइ आर ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम स्तरको भएको जनाउँछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया