महालक्ष्मी बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम सकियो
काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ । बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विद्यालय, पार्क र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन् ।
'सबल बैंक, सफल सहकार्य'को नारालाई आत्मसाथ गर्दै जनताको घरदैलोमा विगत २८ वर्षदेखि गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
बैंकको पिपल्ला शाखाद्वारा दिपायल सिलगढी नगरपालिका-३ मा अवस्थित दिल्पेश्वर माध्यामिक विद्यालयलाई दुई थान स्टिल पानी ट्याङकी हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । विद्यार्थीहरूलाई शुद्ध पिउने पानीको व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो ।
त्यसैगरी बैंकको मैतिदेवी शाखाद्वारा काठमाडौँ महानगरपालिका-३० मा अवस्थित मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिलाई सडक डिभाइडर हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको छ । बैंकले मन्दिर वरपरको बाटो अस्तव्यस्त हुनेगरि सवारी साधन पार्किङ्ग गर्ने समस्याको व्यवस्थापनका लागि सडक डिभाईडर प्रदान गरेको हो ।
उल्लेखित कार्यक्रमसँगसगै बैंकको पुतलिसडक शाखाद्वारा काठमाडौँ महानगरपालिका-२८ मा अवस्थित झिगु इच्छुमती पार्कका लागि ६ थान कुर्सी हस्तान्तरण गरिएको छ । इच्छुमती खोला किनारस्थित उक्त पार्कमा दैनिक आवतजावत गर्ने बटुवाहरूलाई विश्राम गर्न सहजता मिलोस भन्ने उद्देश्यले बैंकले झिगु इच्छुमती खललाई उक्त सहयोग प्रदान गरेको हो ।
आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया