यस्ता विशेषता भएका सामसङको नयाँ फोन नेपाली बजारमा
काठमाडौं–सामसाङले नेपाली बजारमा दुई नयाँ मोडलमा मोबाइलफोन भित्र्याउन लागेको छ । सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको विश्वव्यापी बिक्री शुभारम्भ भएसंगै नेपाली बजारमा भित्रिन लागेका हुन् ।
विशेष गरी तिनमा भएका तीन लेन्सयुक्त रेअर क्यामरा र नाइटोग्राफी जस्तो मुख्य विशेषताहरुमा पहुँच भएकोले यसप्रति हरकोहीको ध्यान आकर्षित भएको पाइएको छ । दुवै स्मार्टफोनहरु तिनीहरुको प्रारम्भिक लेन्सका साथ केही अपग्रेडका साथ आएका छन् ।
ग्यालेक्सी ए३४ ५जि ४८ एमपि प्राइमेरी क्यामरा र २ एमपि म्याक्रो लेन्सका साथ आएको छ भनें ग्यालेक्सी ए५४ ५जिमा ५ एमपि म्याक्रो लेन्ससहित ५० एमपि प्राइमेरी रहेको छ । दुवै फोनहरुमा ८ एमपिको अल्टा वाइड एँगल लेन्स जडित छ ।
यी लेन्सहरुले माथि उल्लेख गरिएको नाइटोग्राफी विशेषता, ब्लर कम भएको रात्रिकालीन फोटो÷भिडियो, इन्हान्सड ओआइएस, पिक्सेल अटो फोकसका साथ गुणस्तरीय फोटोग्राफी पाउन सकिन्छ ।
दुवै ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिलाई १२०हर्जको रिफ्रेस दरमा अपग्रेड गरिएको छ । यसमा पानी र धुलो प्रतिरोधक आइपि६७ र कर्निङ्ग गोरिल्ला ग्लास ५ सुरक्षण र सामसङ्गको सिग्नेचर नक्स सेक्युरिटी को साथ, जुन सबै प्रयोगकर्ताहरुका लागि उपलब्ध छन् । ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जि मा ५ वर्षको सुरक्षा अद्यावधिक र ४ वर्षको ओएस अपग्रेडहरुको ग्यारेन्टी पनि दिइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया