कर्पोरेट

नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

इकागज |
चैत १०, २०७९ शुक्रबार १७:१९ बजे

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरे । 

आफू तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफू आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” सार्वजनिक गरेको हो । 


“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको हो । एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो जसमा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमा शुल्क भुक्तानी अवधि ५ वर्षदेखि अधिकतम बीमा शुल्क भुक्तानी अवधि ३५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क पच्चीस हजार तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ । 

यो योजनाले न्युन बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्दछ । यस योजनाले तपाईंको अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ । यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्य आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटामात्र विकल्पको छनोट गर्न सक्दछ । 
 


Author

थप समाचार
x