कर्पोरेट

चेम्बरले सुरु गर्‍यो एम्बुलेन्स सेवा

इकागज |
बैशाख २६, २०७८ आइतबार १३:२१ बजे

काठमाडौं : नेपाल चेम्बर अफ कमर्सले कोभिड–१९ (कोरोना) बाट सिर्जित स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आपतकालीन स्वास्थ्य प्रयोजनका लागि बिहान सात बजे देखि साँझ सात बजे सम्म एम्बुलेन्स सेवा उपलब्ध हुने चेम्बरले जनाएको छ ।

कोभिड–१९ का कारण गम्भीर बिरामीहरु अस्पतालसम्म पुग्न कठिनाई भइरहेका बेला नेपाल चेम्बरले छत्रपाटी चिकित्सालयसँगको सहकार्यमा एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । हाललाई काठमाण्डौं उपत्यका भित्रका अस्पताल जानु पर्ने बिरामीहरुले एम्बुलेन्स सेवा लिन सक्ने छन् । एम्बुलेन्स सेवा प्रयोगका लागि उल्लेखित समयमा नेपाल चेम्बर अफ कमर्सको फोन नम्बर.०१५३३०९४७ वा छत्रपाटी चिकित्सालयको माबाईल नम्बर ९८५१२१६०३९ मा सम्पर्क राख्न सकिने चेम्बरले जानकारी दिएको छ । 



Author

थप समाचार
x