हिमाल सरसफाई अभियानमा कोका–कोलाको साथ
काठमाडौँ – नेपाली सेनोको नेतृत्वमा 'हिमाल बचाउने प्रयास' नारासहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरूको पनि सहभागिता रहेको अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबै भन्दा ठूलो डोनर रहेको छ ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य हो । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरू पनि सहभागी रहेका छन् । चैत्र १४ देखि जेठ २२ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरू उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरूलाई हस्तान्तरण गरिनेछ ।
हिमाल सरसफाई अभियान २०२३ का क्याम्पेन डिरेक्टरले भने, “हिमालहरू हाम्रा राष्ट्रको गौरव हुन्, र स्थानीय समुदाय र भावी पुस्ताका लागि तिनीहरूलाई सफा राख्ने र संरक्षण गर्नु हाम्रो दायित्व हो । हामी यी हिमालहरूमा बढ्दै गरहेको फोहोरको बारेमा जनचेतना जगाउन हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । यसमा कोका–कोला फाउन्डेसन र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्त निरन्तर साथ र सहयोगको लागि हामी आभारी छौँ ।”
प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । टोलीमा आरोही, डाक्टर र शेर्पाहरू छन् । प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरू समावेश छन् । त्यसैगरी फोहोर सङ्कलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरू पनि रहेका छन् । त्यस्तै सन्चालन, समन्वय र रियर अपरेसनको लागि अन्य २० जना कर्मचारीहरू रहेका छन् ।
नेपाली सेनाको नेतृत्वमा सञ्चालन भइरहेको यो अभियान विभिन्न गैर नाफा–मुलक संस्थाहरू, कर्पोरेट हाउसहरू, नागरिक समाज र रिसाइक्लिङ्ग पार्ट्नरहरूको संयुक्त प्रयास रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया