आजबाट सिटिजन लाइफ इन्स्याेरेन्सको सुनौलो १०० दिन सुरु
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले २०८० साल असार मसान्तसम्म जीवन बीमा जागरण अभियान अन्तर्गत सुनौलो १०० दिन कार्यक्रमको सुरुवात गरेको छ । देश आर्थिक तरलता संकटबाट गुज्रिरहेको यस चुनौतीपूर्ण समयलाई अवसरमा परिवर्तन गर्ने उद्देश्यका साथ आजबाट यस अभियानको आयोजना गरेको कम्पनीले जनाएको छ ।
बुटवल क्षेत्रमा आयोजना गरिएको एक कार्यक्रम बीच सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल, पश्चिम क्षेत्र साथै मध्य र मध्य पश्चिम क्षेत्रका प्रमुख व्यवसाय अधिकृतहरु धोज बहादुर खड्का र सुनिल पोखरेलबाट यस अभियानको उद्घाटन गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो ब्राण्ड एम्बेसेडर महजोडीसँग सहकार्य गर्दै यस अभियानलाई सम्पन्न गर्ने जनाएको छ ।
यस बीमा जागरण अभियानको मूल उद्देश्य आम मानिससम्म बीमाको पहुँच पुर्याउने साथै यसका फाइदा, यसमा रहेको रोजगारीको अवसरको चेतना विकास गर्दै, विभिन्न स्थानीय तहँमा व्यवसायिक अभिकर्ता निर्माण गर्नु हो । मानिसले जे चीज बढी कल्पना गर्दछ प्राय त्यही चीज प्राप्त गरिरहेको हुन्छ । त्यस्तै, यस चुनौतिपूर्ण समयमा चुनौतीप्रति मात्र केन्द्रित नभएर सुनौलो दिन बनाउने उद्धेश्य लिएर त्यसप्रति बढी केन्द्रीत रहँदा सुनौला दिन पनि अवश्य हासिल गर्न सकिन्छ ।
बीमा विलासिता नभइ अनिवार्य आवश्यकता हो भन्ने जनचेतना जगाउने उद्धेश्यका साथ यस आर्थिक वर्षको बाँकी रहेका १०० दिनलाई सुनौलो बनाउन कार्यक्रम अगाडि बढाउन केन्द्रीत रहेको कम्पनीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया