नेपाल पे इन्सटेण्टमार्फत निःशुल्क फण्ड ट्रान्सफर गर्न सकिने

काठमाडाैं । नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुले नेपाल पे इन्सटेण्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फर गर्न सक्ने भएका छन् । वैैशाख १ देखि ३१ गतेसम्म लागू हुने यस अफरमा नेपाल पे इन्सटेण्ट मार्फत मोबाइल नम्बरको आधारमा कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग तथा वालेटका प्रयोगकर्ताहरुलाई सजिलै फण्ड ट्रान्स्फर गर्न सकिने भएको हो। नयाँ वर्षमा नगदको सट्टा डिजिटल माध्यमबाट फण्ड ट्रान्स्फर गर्न थप प्रोत्साहन गर्न उक्त व्यवस्थाले थप सहयोग गर्ने अपेक्षा गरिएको छ ।
नेपाल पे इन्सटेण्ट मार्फत फण्ड ट्रान्स्फर गर्न प्रयोगकर्ताले कनेक्ट आइपिएसको वेब अथवा मोबाईल एपमा लग इन गरी फण्ड ट्रान्स्फर भित्र नेपाल पे इन्सटेण्ट मा क्लिक गरी नेटवर्क भित्र कनेक्ट आइपिएस, मोबाइल बैंकिङ्ग वा वालेट मध्यको विकल्प छनोट गरी भुक्तानी प्राप्त गर्ने व्यक्तिको रजिष्टर मोबाइल नम्बर दाखिला गरी सजिलै फण्ड ट्रान्स्फर गर्न सक्दछन् । कनेक्ट आइपिएसका साथै नेपाल पे इन्सटेण्टको उक्त सेवा केहि मोबाइल बैंकिङ्ग र वालेटमा पनि उपलब्ध छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया