कर्पोरेट

एनएमबी बैंकका स्मार्ट नारी बचत खाताका ग्राहकलाई २३ प्रतिशतसम्म छुट

इकागज |
बैशाख १३, २०८० बुधबार १७:४ बजे

काठमाडौँ – एनएमबी बैंक लिमिटेडले एनएमबी स्मार्ट नारी बचत खाताका ग्राहकहरूलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ( हिम इलेक्ट्रोनिक्स प्राइभेट लिमिटेड) सँग साझेदारी गरेको छ ।

ग्राहकहरूले वासिङ मेसिन र माइक्रो वेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र ‘एनएमबी मोबाइल एप’ मार्फत भुक्तानी गर्दा थप एक हजार ५०० रुपैयाँसम्म छुट पाउने छन् ।


यस साझेदारीको उद्देश्य ग्राहकहरूलाई नवीनतम् र सबैभन्दा एड्भान्स घरेलु उपकरणहरूमा पहुँच सुनिश्चित गर्ने रहेकाे बैंकले जनाएकाे छ । 

यस अफर मार्फत, एनएमबी बैंकका ग्राहकहरूले पर्याप्त छुटको मजा लिँदै सामसुङको उच्च गुणस्तरको वासिङ मेसिन र माइक्रो वेभ ओभनहरूबाट सजिलै आफ्नो घर अपग्रेड गर्न सक्ने बैंकले बताएको छ । 

 


Author

थप समाचार
x