कर्पोरेट

कोभिडमा सिटी एक्सप्रेस अष्ट्रेलियाको सुविधा : नेपाल पठाउँदा कुनै शुल्क नलाग्‍ने

इकागज |
बैशाख २८, २०७८ मगलवार १३:२६ बजे

काठमाडौँ : एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाले नेपालमा कोभिड-१९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने सुविधा सुरु गरेको  छ । त्यसरी पठाइएको रकम  ३० मिनेट भित्र तुरुन्तै पुर्‍याउने योजना ल्याएको छ । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउदा नेपाल  भरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ । रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेबसाइटबाट पठाउन सकिन्छ ।


कोभिड - १९ को कारण यस बिषम् परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका गा्रहकहरुलाई केहि अत्यावश्यक सुविधा दिने सोच ले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाका डाईरेक्टर समिप कट्वालले जनाएका छन् ।

हाल अष्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबै भन्दा छिटो बढ्दै गरेको नेपाली  रेमिटान्स ब्रान्ड बन्दै गएको छ ।  सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजार भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


Author

थप समाचार
x