तेह्रथुमको छथरमा ‘उद्यमशीलता विकास’ तालिम
काठमाडौँ- कोशी प्रदेश अन्तर्गतको तेह्रथुम जिल्लाको छथर गाउँपालिकाका स्थानीयलाई उद्यमशीलता विकास तालिम दिइएको छ । राष्ट्रिय युवा परिषद, छथर गाउँपालिका र नबिल बैंकबीच भएको त्रिपक्षीय समझदारी अनुसार एक साता लामो तालिम प्रदान गरिएको नबिल बैंकले जनाएको छ ।
वैशाख १० देखि १६ गतेसम्म उक्त तालिम दिइएको हो । स्थानीय युवा, महिला, विपन्न वर्ग तथा उद्यमी बन्न इच्छुक स्थानीय व्यक्तिहरूलाई साथ दिन यो तालिम सहयोगी हुने अपेक्षा राखिएको छ । उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई देश भित्रै उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जनाद्वारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्यका साथ यो तालिम दिइएको बताइएको छ ।
नबिल दिगो बैंकिङ अवधारणा अनुरूप सामाजिक उत्तरदायित्व बहन गर्दै नबिल बैंकले यस कार्यक्रममा आफ्नो आबद्धता जनाएको हो । उक्त कार्यक्रममा छथर गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख लगायत नबिल बैंकका तर्फबाट कोशी क्लष्टरका प्रमुख तोपप्रसाद अगस्ती र छथर शाखा प्रमुख कृष्णकुमार साहको उपस्थिति रहेको थियो ।
उक्त सात दिने तालिम कार्यक्रममा ५७ स्थानीय उद्यमीहरूको सहभागिता भएको जनाइएको छ ।
नबिल बैंकका एसएमई, वित्त तथा दिगो बैंकिङ प्रमुख, निरजकुमार बस्नेत डनिलले उद्यमी बन्न चाहनेको लागि उद्यमशीलतामा क्षमता वृद्धि तथा वित्तीय साक्षरताको लागि यो तालिम सहयोगी हुनु का साथै उद्यमशीलता विकास र स्वरोजगार प्रवर्द्धनमा नबिल बैंकको सधैं साथ रहने जानकारी गराएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया