कर्पोरेट

निम्बसद्वारा किओच–काठमाडौँ बाल अस्पताल निर्माणका लागि आर्थिक सहयोग

इकागज |
बैशाख २०, २०८० बुधबार १८:२७ बजे

काठमाडौँ– नेपालमा कृषि तथा ‘एफएमसिजि प्रोडक्ट’को व्यवसाय  गर्दै आएको ‘निम्बस’द्वारा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बुढानिलकण्ठ नगरपालिका–७ काठमाडौँमा सञ्चालन गर्ने किओच–काठमाडौँ बाल अस्पतालका लागि पच्चीस लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । निम्बसले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त बाल अस्पताल भवन निर्माणका लागि आंशिक सहयोग प्रदान गरेको हो ।

वैशाख १९ गते मंगलबार निम्बसको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच निम्बसका अध्यक्ष आनन्द बगडियाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत समाज सेवाका विभिन्न कार्यमा सहयोग गर्दै आइरहेको निम्बसका अध्यक्षले यस कार्यमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग सहकार्य गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए ।


निम्बसका अध्यक्षले कोभिड–१९ महामारी लगायतका अवस्थाबाट सिकेर गुणस्तरीय बाल अस्पताल स्थापना तथा सञ्चालनका लागि ठूलो लगानीको आवश्यकता महसुस भएको बताउँदै अस्पताल निर्माणबाट आगामी दिनमा नेपालमा सहज र सुलभ बाल स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

इन्स्टिच्युटका अध्यक्ष डा. कोइरालाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थले बालबालिकाहरूमा हुने जटिल र गम्भीर रोगको उपचार सहज एवं सुलभ बनाउने उद्देश्यले काठमाडौंमा बहुविशिष्टिकृत अस्पताल तथा बाँकी प्रदेशहरूमा पनि सोही प्रकृतिको स्याटेलाइट अस्पतालहरू सञ्चालन गर्न गइरहेको बताए ।

काठमाडाैँमा बाल अस्पताल निर्माणको कार्य सुरू भएको र कोशी प्रदेशको दमकमा यस इन्स्टिच्युटको पहिलो स्याटेलाइट अस्पतालबाट सेवा सुरु भइसकेको जानकारी दिए ।


Author

थप समाचार
x