कर्पोरेट

प्रिक्सा टेक्नोलोजीजलाई ‘आईसीटी इनोभेसन अवार्ड’

इकागज |
बैशाख २१, २०८० बिहीबार १६:१६ बजे

काठमाडौं– प्रिक्सा टेक्नोलोजीजले राष्ट्रिय सूचना प्रविधि नव प्रवर्तन पुरस्कार ‘नेसनल आईसीटी इनेभेसन अवार्ड’प्राप्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले दिने उक्त अवार्ड प्रिक्साले नवप्रवर्तनात्मक कृत्रिम बौद्धिकता (एआई ) तथा उम्दा समाधानमा निरन्तर प्रयास गरेबापत प्राप्त गरेको हो ।

प्रविधि क्षेत्रमा प्रिक्सा टेक्नोलोजीज अग्रणी रहेको र नेपालको सूचना प्रविधि क्षेत्रमा उसले उल्लेख्य योगदान गरेकाले अवार्ड प्रदान गरिएको मन्त्रालयले जनाएको छ । 
संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत कुमार शर्माको नेतृत्वमा प्रिक्साले नेपालमा पहिलो पटक ‘रिरीस् टेक्स्ट टू स्पीच’ जस्तो कृत्रिम बौद्धिकताद्वारा एआई सञ्चालित नेपाली भाषाको च्याटबोट बनाएको छ ।


यसका साथै प्रिक्साको ‘स्नोबेरी सिएमएस’ मिडिया म्यानेजमेन्ट सिस्टमले नेपाली अनलाइन मिडियाको व्यवस्थापन तथा प्रकाशनमा सुधार ल्याएको बताइएको छ । 

‘नेसनल आईसीटी इनोभेसन अवार्डद्वारा सम्मानित हुन पाउँदा हामी हर्षित छौँ,’ शर्माले भने, ‘यो अवार्ड हाम्रो टिमको कठिन परिश्रमको प्रतिफल हो ।’


Author

थप समाचार
x