कर्पोरेट

सनराइज बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार

इकागज |
बैशाख २१, २०८० बिहीबार १७:४७ बजे

काठमाडौं– सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखा रहित बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ ।

यही वैशाख १५ शुक्रबार बैंकले प्रदेश ७ अन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरमा १०१औं र डडेल्धुरा जिल्लाको अजयमेरू गाउँपालिका–५ देवलदिव्यपुरमा १०२औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको थियो ।


उक्त शाखा रहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या १०२ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागि कृष्णपुरका करम सिंह राना र देवलदिव्यपुरका नरेश भट्टलाई व्यावसायिक प्रतिनिधिका रूपमा नियुक्त गरेको छ । उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।


Author

थप समाचार
x