कर्पोरेट

स्मार्टच्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच डेबिट कार्ड सेवा सञ्चालनका लागि सम्झौता

इकागज |
बैशाख २६, २०८० मंगलबार १७:२४ बजे

काठमाडौं | स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच  डेबिट कार्ड सेवा संचालनको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ्गले हस्ताक्षर गरे ।


विगत २० वर्षदेखि डिजिटल भुक्तानीमा गुणस्तरीय सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र राष्ट्रिय स्तरमा ग्राहक मैत्री वित्तीय सेवा प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंकबीच भएको यो सम्झौताले नेपालको समग्र डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने विश्वास गरिएको छ ।


Author

थप समाचार
x