विश्व बजारमा नेपाली ब्रान्ड करेन्ट : देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत सुधारको प्रयास
काठमाडौँ- पिरो चाउचाउको नाममा परिचित करेन्ट पछिल्लो समय युवाहरुमाझ लोकप्रिय बनेको छ । नेपालभर बजार ओगटेको यो चाउचाउ पछिल्लो समय विदेश निर्यातसमेत हुन थालेको छ ।
उत्पादन सुरु गरेको छोटो समयमै करेन्ट चाउचाउ भारत, यूएई, मलेसिया, अष्ट्रेलिया र अमेरिकाका बजारमा समेत लोकप्रिय बनेको छ । यसोदा फ्ड्सले यो चाउचाउ सन् २०१७ मे ७ मा रुपन्देहीको तिलोत्तमाबाट आफ्नो उत्पादन सुरु गरेको थियो । स्वदेशमै विदेशीस्तरको पिरो चाउचाउ उत्पादन सम्भव छ भन्दै करेन्ट नामबाट चाउचाउ उत्पादन गरेको केही वर्षमै आज यसले विश्व बजार ओगट्न सफल भएको हो ।
सकेसम्म देशभित्रकै साम्रगी र खाद्यान्न प्रयोग गरेर देशलाई अन्तराष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल करेन्टले विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा पनि निकै ठूलो टेवा पुर्याएको दाबी छ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफूजस्ता अन्य स्वदेशी उत्पादकहरुलाई पनि प्रोत्साहन गरिरेहको कम्पनीले जनाएको छ । करेन्टले देश भित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँगै नेपाली बजारमा हुने पिरो चाउचाउको आयात पनि १५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ ।
रोजगारी, देशको आर्थिक विकास र खस्कँदो कृषि क्षेत्रको पुनरुत्थानमा बिशेष प्रभाव पार्ने यस कम्पनीले गरिब सीमान्तकृत बालबालिकाहरुलाई छात्रवृत्तिलगायत अन्य थुप्रै राष्ट्रिय हितका कार्यहरु पनि गर्दै आएको छ । पिरो चाउचाउ भन्ने वित्तिकै विदेशी ब्राण्ड सम्झिने नेपाली जिब्रोलाई स्वदेशी परम्परागत स्वाद चखाउने उदेश्यले सञ्चालनमा आएको करेन्टले छोटै समयमा नेपाली बजारमा आफ्नो भिन्न पहिचान स्थापित गर्न सफल भएको हो । नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउ उत्पादन गरिन्छ । यसमा प्रयोग हुने सम्पूर्ण सामाग्री नेपाल सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर पनि छ र यसैकारण धेरै मानिसले यसलाई रूचाएका हुन् ।
दाङदेखि दुबईसम्म, मकवानपुरदेखि मलेसियासम्म र विश्वभर लोकप्रिय हुँदै गएको करेन्ट रोजगारी, र कृषिको दृष्टिकोणले मात्र नभएर स्वास्थको हिसाबले पनि अरु ब्रण्डको तुलनामा निकै स्वास्थ मानिन्छ। स्थानीय अकबरे खुर्सानीमा पाइने सम्पूर्ण गुणहरु यस चाउचाउमा पाइने र कुनै मिसावट नभएकैले यसलाई धेरै मानिसहरुले रुचाए व्यापारीहरु बताउँछन् । नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोगबाट स्वस्थ्य चाउचाउ बजार सम्म पुर्याउँदै आएको करेन्टको बढ्दो बजार मागले गर्दा भविष्यमा अझै बढी किसानहरु लाभान्वित भएका छन् । यसले गर्दा धेरै वर्षदेखि बाँझो बसेका खेतहरु पनि प्रयोग हुने र निर्यात मार्फत देशको आर्थिक स्थितिमा निकै सुधार आउने देखिन्छ ।
देशको अर्थतन्त्रमा करेन्टजस्ता व्यवसायहरुको योगदानको चर्चा गर्दै वरिष्ठ अर्थशास्त्री डा. प्रतिक झा भन्छन् “ओरालो लाग्दै गरेको अर्थतन्त्र जोगाउनदेखि गरिबीको घाउमा मलम लगाउन, राष्ट्रलाई परनिर्भरताबाट जोगाउनदेखि स्वदेशी उत्पादन निर्यात गर्नसम्म यशोदा फुड्सको करेन्टले नेपाली बजारको तिता र कहालीलाग्दा कहानीहरुमा मिठो रगंहरु भर्दैछ ।”
नेपाली उत्पादन करेन्ट यसरी सबै माझ परिचित हुनु देशको लागि गर्वको कुरा रहेको उनले बताए । अझै नेपालमै पसिना बगाउन चाहने किसानका लागि अवसर र व्यापार व्यवसाय गर्ने सोच राख्नेहरुका लागि एक उत्कृष्ट उदाहरण रहेको उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया