कर्पोरेट

आइएमई पेमार्फत एयरलाइन्स टिकट काट्दा १ सय २५ रुपैयाँ बढी क्यासब्याक

इकागज |
जेठ १०, २०८० बुधबार ११:२१ बजे

काठमाडौं | आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १ सय २५ रुपैयाँभन्दा बढी  क्यासब्याक पाउने भएका छन् ।

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको बोनस नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा १ सय २५ रुपैयाँ भन्दा बढी क्यासब्याक पाउन सक्ने छन्।


उक्त प्रोमोकोडमा प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।


Author

थप समाचार
x