कर्पोरेट

पाँच हजार एमएएच ब्याट्री भएको रियलमी सी ११ २०२१ सार्वजनिक

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १६:२५ बजे

काठमाडौँ : रियलमीको मोबाइल फोन ‘रियलमी सी ११ २०२१’ नेपालमा सार्वजनिक गरिएको छ । सार्वजनिक भए लगतै ‘रियलमी सी ११ २०२१’ आजबाट बजारमा उपलब्ध भएको छ । 

यो फोनमा ५००० एमएएच ब्याट्रीका साथ बजारमा आएको छ, जो दिनभर अत्यधिक उपयोग गर्दा समेत लामो समय सम्मका लागि टिकाउ रहने कम्पनीले जानकारी दिएको छ । रियलमीको प्रयोगशालामा परीक्षणका क्रममा देखिएको तथ्यांक अनुसार यसको ब्याट्री निरन्तर युट्युब चलाउँदा १७ घण्टासम्म, निरन्तर फोनमा कुरा गर्दा ३७ घण्टासम्म र निरन्तर संगीत सुन्दा १०८ घण्टासम्म टिक्दछ । यसैगरी स्टान्डबाइ रुपमा राखि मात्र राख्ने हो भने यसको ब्याट्री ४३ दिनसम्म टिकाउ रहेको देखिएको छ । 

यसैगरी मोबाइलमा पावर सेभिङ मोड पनि छ जसले सामान्यता प्रयोग भइरहने मुख्य ६ वटा एप चलाउंदा समेत अधिकतम ब्याट्री बचत गर्दछ । यो स्मार्टफोनमा ६.५ इन्च (१६.५ सीएम) को ठूलो एलइडी डिस्प्ले प्रयोग गरिएको छ । यो एक फुल–स्क्रिन मिनीड्रप स्क्रिन हो जसले सामाजिक सञ्जाल चलाउँदा, गेम खेल्दा र भिडियो हेर्दा तपाईँलाई भच्र्युल दुनियाँको गहिरो आनन्ददायी अनुभूति दिलाउँछ । यसको एचडी प्लस रिजोलुशन डिस्प्लेले ४०० निटस माथिको उज्ज्यालो र ८९.५ प्रतिशत आकर्षक स्क्रीन बडी अनुपात छ ।

फ्रेम बाहिर डिस्प्लेमा रहेको छ ओक्टा कोर प्रोसेसरसँग जोडी मिलेको २ जीबी ड्युल च्यानल एपीडीडीआर ४ एक्स र्याम र २५६ जीबी सम्मको माइक्रोएसडी कार्ड राख्न सकिने ३२ जीबी स्टोरेज  छ । उच्च श्रेणीको ४ एक्स र्यामको प्रयोग तपाईँका लागि लाभदायी छ किनभने यसले पावर खपत १७ प्रतिशत कम गरेको छ भने प्रदर्शन १५ प्रतिशतले वृद्धि गरेको छ । ’ताल नीलो’र ’फलामे–खैरो’ दुई रङ्गमा उपलब्ध 'रियलमी सी ११ २०२१' को मूल्य १२ हजार ९९० रुपैयाँ छ ।



Author

थप समाचार
x