कर्पोरेट

नेपाली बजारमा पोको एक्स थ्री प्रो सार्वजनिक, कति पर्छ मूल्य

इकागज |
जेठ २, २०७८ आइतवार १४:३२ बजे

काठमाडौँ : इन्डस्ट्रि रिडिफाइनिङ्ग स्मार्टफोन ब्रान्ड पोकोले नेपाली बजारमा आइतबार पोको एक्स थ्री प्रो सार्वजनिक गरेको छ । पोको एफ १ को प्रोफर्मेन्स लेगेसीलाई ध्यानमा राखेर नयाँ स्मार्टफोन ल्याएको कम्पनीले जानकारी दिएको छ । 

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा हामी हाम्रो उपभोक्ताहरुको आवश्यकता अनुरुप उत्कृस्ट टेक्नोलोजीको वितरण गर्ने प्रयास गर्दैछौँ । हाम्रो पहिलो फोन,पोको एफ १ ले बजारमा सबैभन्दा लामो समय लोकप्रियता हासिल गर्ने स्मार्टफोन भएर आजको मितिसम्म पफर्मेन्स च्याम्पियन बन्न सफल भएको छ ।’

उनले थपे, ‘प्रदर्शन लेगेसीलाई अगाडि बढाउँदै र जनवादीकरणको विश्वास अनुरुप बजारमा हामीले हाम्रो प्रयोगकर्ताहरुलाई हाम्रो फ्ल्यागशिप सिरिजबाट पोको एक्स ३ प्रोको प्रस्तुत गरेका छौं । यो स्मार्टफोनको लन्चको साथ हामी अहिले सम्मकै सबैभन्दा शक्तिशाली स्मार्टफोनलाई नेपालमा नेपाली ४० हजार रुपैयाँमा भित्राउँदै छौँ ।’ यो फोनको मूल्य नेपाली बजारमा ६ जीबीसँगै १२८ जीबीको ३१ हजार नौ सय ९९ रुपैयाँ छ भने ८ जीबीसँगै २५६ जीबीको ३६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ ।

फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन ८६० द्वारा सञ्चालित, पोको एक्स ३ प्रो ले यस्तो सुविधाहरु अहिले सम्म यस खण्डमा पहिले कहिल्यै नदेखिएको उनले जानकारी दिए । गेमिङ्ग, फोटोग्राफी र उच्च प्रदर्शनको संयोजनले पोको एक्स ३ प्रो मा स्मुथ गेमिङ्ग एक्सपेरियन्सको लागि लिक्विडकुल प्लस टेक्नोलोजीको समावेश गरिएको छ र कहिल्यै नसक्किने एक्सपेरियन्सको लागि एमएमटी चार्जिङ्ग टेक्नोलोजीबाट निर्मित ठूलो ब्याट्री छ । उनले भने, ‘हामी यो स्मार्टफोनलाई भित्राउन पाउँदा निकै खुसी छौँ र हाम्रो प्रशंसकहरुको प्रतिक्रियाको प्रतिक्षा गर्नेछौँ ।'

पोको एफ १ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ लन्च हुने पहिलो उपकरण हो । 
स्मुथ र सिमलेस स्मार्टफोनको एक्सपेरियन्सलाई मात्र प्रदान नगरी प्रो–ग्रेड सुविधाहरु र प्रविधिको प्रदान गर्दै गेमरको लागि डिजाइन गरिएको छ । 

पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ/१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ÷२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याक्रो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् जसले एक प्रभावशाली क्वाड क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ । भर्सटाइल क्यामेरा सेटअपमा २० एमपीको फ्रन्ट क्यामेरा छ ।
 
पोको एक्स ३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँने कम्पनीले जानकारी दिए । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ ।



Author

थप समाचार
x