कर्पोरेट

नबिल आइकार्डका लागि अनलाइनबाट आवेदन दिन सकिने

इकागज |
जेठ ३, २०७८ सोमबार १५:२७ बजे

काठमाडौं : नबिल बैंकले निषेधाज्ञाको समयमा ग्राहकको सहजताका लागि नबिल बैंकको वेबसाइट मार्फत नबिल आइकार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ । 

यस नयाँ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा ‘नबिल आइकार्ड’ सेक्सनमा गइ ‘एप्लाइ नाउ’ विकल्प छानि नबिल आइकार्ड को लागि निवेदन दिन सक्ने बैंकले जनाएको छ । ग्राहकले आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


‘यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्ने,’ बैंकले भनेको छ । 
छ ।


Author

थप समाचार
x