यूके जानेहरूको स्वास्थ्य जाँच अब नर्भिकमा
काठमाडौँ– थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा अब अध्ययन र रोजगारीका लागि युनाइटेड किङडम(यूके) जानेहरूको स्वास्थ्य परीक्षण(मेडिकल जाँच) पनि हुने भएको छ ।
काठमाडौँस्थित ब्रिटिस दूतावासले नर्भिक इन्टरनेशनल हस्पिटललाई समेत युके जान चाहने विद्यार्थी तथा अन्यको स्वास्थ्य परीक्षणको जिम्मेवारी सुम्पिएको हो ।
नर्भिकसँगै युके जानेहरूको मेडिकल जाँच इन्टरनेशनल अर्गनाइजेसन अफ माइग्रेसन(आइओएम)मा पनि हुनेछ । अस्ट्रेलिया जानेहरूको मेडिकल जाँचको जिम्मा पनि नर्भिक र आइओएमले नै पाएका छन् ।
सम्बन्धन पाएसँगै नर्भिकले युके जानेहरूको स्वास्थ्य जाँचको सुरुवात गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया