कनेक्ट आइपीएसको इन्स्युरेन्स प्रिमियम भुक्तानी २०८० को क्यासब्याक अफर
काठमाडौं – कनेक्ट आइपीएसले असार ३ गतेदेखि ३० गतेसम्म लागू हुने गरी अफर सार्वजनिक गरेको छ । यस आकर्षक अफर अन्तर्गत कनेक्ट आइपीएसमार्फत लाईफ इन्स्युरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले २०.८०% (अधिकतम रु २,०८०) क्यासब्याक प्राप्त गर्न सकिनेछ भने अफरको अन्त्यमा एक जना भाग्यशाली विजेताले रु २०,०८० क्यासब्याक प्राप्त गर्न सकिनेछ
लक्की ड्र मार्फत हरेक हप्ता छानिएका भाग्यशाली विजेताहरुको जानकारी वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने छ । कनेक्ट आइपीएसको वेब, मोबाइल एप तथा इन्स्युरेन्स कम्पनीको वेबसाइटमा जोडिएको अ कनेक्ट आइपीएसगेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्स सम्बन्धी प्रिमियम भुक्तानीमा मात्र सो अफर लागू हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया